पञ्चायतको ट्रेलर

- साप्ताहिक संवाददाता

माघ २२, २०७४

 

२०३३ सालको पञ्चायत व्यवस्थालाई चित्रण गरिएको चलचित्र ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा मा अभिनेता सरोज खनाल, अभिनेत्री निता ढुंगाना, रुपा राना, गणेश गिरी, जान्वी बस्नेत, विशाल पहारी, गीता अधिकारी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेको छन् । 

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरिएको ‘पञ्चायत’मा शिवम अधिकारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको छ । 

सुशान्त कुमार श्रेष्ठ र शङ्कर प्रसाद सुवेदीले सयुक्त रुपमा चलचित्रमा लगानी गरेका छन् । चलचित्रमा टंक बुढाथोकीको सङ्गीत तथा रामेश्वर कार्कीको छायाङ्कन रहेको छ । चैत्र २ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘पञ्चायत’ले विभिन्न अन्र्तराष्ट्रिय महोत्सवमा पुरस्कार जितिसकेको छ । 

पञ्चायतको ट्रेलर :

प्रकाशित :माघ २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्