कीर्तिमानको तयारी

- साप्ताहिक संवाददाता

माघ २२, २०७४

गायक धीरज राई सांगीतिक क्षेत्रमा स्थापित कलाकर्मी हुन् । पप शैलीका गीत गाएर दर्शक तथा श्रोताहरूमाझ लोकप्रिय यी गायक सांगीतिक कार्यक्रमका क्रममा स्वदेश तथा विदेशको भ्रमण गरिरहन्छन् ।

यसबीच गायक राई विगत केही वर्षदेखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियानमा समेत सक्रिय छन् । आफ्नो अभियानलाई कीर्तिमानी स्वरूप दिन गायक राईले अर्को शनिबार अर्थात माघ २७ गते काठमाडौंको टुँडिखेलमा ५० हजारभन्दा बढी नेपालीको भेला गराउँदै छन् ।

गायक राईको यो अभियानलाई सञ्चारकर्मी रवि लामिछानेले समेत साथ दिएका छन् । गायक राईका अनुसार शनिवारको कार्यक्रममा बौद्ध धर्मगुरुले भगवान गौतम बुद्धको उपदेश पढ्नेछन् र बुद्ध वाज बर्न इन नेपाल भन्ने छन् । त्यसपछि सहभागि सबैले उक्त उपदेश दोहोर्‍याउँदै बुद्ध वाज बर्न इन नेपाल भन्नेछन् । यही क्षणलाई कीर्तिमानका रूपमा गिनिज बुकमा उल्लेख गराउने गायक राईको योजना छ । 

 

प्रकाशित :माघ २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्