‘मिस इको इन्टरनेसनल’मा मौनता चयन

- साप्ताहिक संवाददाता

माघ २१, २०७४

 

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेनसल २०१८’ मा नेपालका तर्फबाट मौनता लामाले प्रतिनिधित्व गर्ने भएकी छिन् । आगामी अप्रिल १ तारिख देखि १५ तारिखसम्म इजिप्टमा संचालन हुने मिस इको इन्टरनेसनल २०१८ का लागि लामा चयन भएकी हुन् । 

मिस इकोका लागि नेपालस्थित आधिकारिक संस्था ग्रीन आर्टस् मिडियाले लामालाई मिस इको इन्टरनेसनल नेपाल २०१८ का रुपमा ताज पहिर्‍याएर मौनतालाई नेपालबाट आधिकारिक सहभागिका रुपमा सार्वजनिक गरेको हो । मौनतालाई गत वर्षकी मिस इको इन्टरनेसनल नेपाल रोनाली अमात्यले ताज पहिर्‍याइ दिएकी हुन् । मौनताको मिस इको इन्टरनेसनलमा सहभागिताको सम्पूर्ण व्यवस्थापन, आवश्यक तयारी र संयोजन ग्रीन आर्टस् मिडियाले गर्ने छ । 

कपन निवासी १८ वर्षिया मौनता लामा विज्ञान विषयमा दश जोड दुईमा अध्ययनरत छिन् । मिस इको इन्टरनेसनल २०१८ मा लामाले नेपालको सांस्कृतिक पहिरन र देशको सांस्कृतिक र पर्यटकीय गरिमालाई उजागर गर्ने डकुमेन्ट्रीका साथमा प्रस्तुत हुने बताइएको छ । मिस इको इन्टरनेसनलमा नेपालको तर्फबाट यो चौथौं सहभागिता हो । 

प्रकाशित :माघ २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्