जोडीको पहिलो

- साप्ताहिक संवाददाता

माघ २१, २०७४

संजोग कोइराला तथा वर्षा राउत रियल लाइफ कपल हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा बाँधिएको यो जोडीलाई चलचित्रमा भने अहिले सम्म कसैले जोडीका रूपमा प्रस्तुत गरेका थिएनन् । अहिले आएर पुराना अभिधनेता शिव श्रेष्ठले निर्माण गर्ने नयाँ चलचित्रमा पहिलो पटक संजोग र वर्षा जोडीका रुपमा प्रस्तुत हुने निश्चित भएको छ ।

दिपेश सापकोटाले निर्देशन गर्ने चलचित्र एउटा यस्तो प्रेम कहानीमा यो जोडीले पहिलो पटक स्क्रिन शेयर गर्नेछ । पछिल्ला केही सातादेखि वर्षा अष्ट्रेलियामा छिन् । उनी यही चलचित्रका लागि तौल घटाउने क्रममा अस्ट्ेरलिया पुगेको बताइन्छ । चलचित्रमा संजोग र वर्षासंगै शिव श्रेष्ठसमेत विशेष भूमिकामा प्रस्तुत हुनेछन् । उक्त चलचित्रको कथा शिव श्रेष्ठले नै तयार पारेका हुन् । 

 

प्रकाशित :माघ २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्