ल्याङ्ग्रीको दादागिरी

- साप्ताहिक संवाददाता

माघ २१, २०७४

उनको वास्तविक नाम सुमन ज्योती न्यौपाने हो, तर उनलाई यो नामले उनका घर–परिवारले मात्र चिन्छन् । सार्वजनिक जीवनमा उनलाई ल्याङ्ग्री दादाका रूपमा चिनिन्छ । 

हास्य श्रृंखला मेरी बास्सैमा ल्याङ्ग्री दादाको भूमिका निर्वाह गरेर धेरैको मन जितेपछि उनी आफ्नो वास्तविक नामबाट भन्दा नयाँ नामबाट चिनिन थालेका हुन् । सामाजिक सञ्जालमा समेत ल्याङ्ग्री दादाकै नाममा प्रस्तुत हुने सुमन आफ्नो खैरो केशका कारण समेत चर्चामा आइरहन्छन् । 

युट्युबका विभिन्न च्यानलबाट प्रसारण हुने कमेडी श्रृंखलामा पनि उनी ल्याङ्ग्री दादाकै रुपमा प्रस्तुत भैरहेका छन् । हुँदा–हुँदा उनको उपनाममा एउटा गीत नै तयार भएको छ । हालै सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियोमा ल्याङ्ग्री दादा आफैंले अभिनय गरेका छन् । 

 

प्रकाशित :माघ २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्