४८ घण्टाको गीत

- साप्ताहिक संवाददाता

माघ २०, २०७४

सरस्वती पूजाको अवसर पारेर युट्युबमार्फत चलचित्र कोहलपुर एक्सप्रेसको एउटा गीत सार्वजनिक भयो । राजनराज शिवाकोटी तथा मेलिना राईको स्वरको लोकशैलीमा आधारित सिओडब्लू काउ... गीतलाई दर्शकले मन नपराउने कारण छैन । 

यद्यपि उक्त गीतलाई आकर्षक बनाउन चलचित्रका कलाकार, निर्देशक, कोरियोग्राफरदेखि सम्पूर्ण क्रूले झन्डै ४८ घण्टा मेहनत गरेको कुरालाई भने हालसम्म गोप्य नै राखिएको छ । केकी अधिकारी, रीमा विश्वकर्मा, विनोद न्यौपाने तथा गम्भीर विष्टले आकर्षक नृत्य गरेको उक्त गीतलाई विवाहको थिममा प्रस्तुत गरिएको छ । गोकर्णको एउटा गाउँमा विवाहको सेट बनाउँदै झन्डै ४८ घण्टा लगाएर गीतको छायांकन सम्पन्न गरिएको निर्देशक विशाल भण्डारीले बताएका छन् । 

‘दर्जनौं कोरससहितको यो गीतको छायांकन राती नै गर्नुपर्ने थियो, गीतका कोरियोग्राफर गम्भिर विष्ट भन्छन्— एक रातमै छायांकन सम्पन्न गर्ने भनिए पनि पहिलो रात गीतको आधा भाग पनि खिच्न नभ्याइएपछि दुई रात लगाएर गीत छायांकन गरियो । 

प्रकाशित :माघ २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्