मैतीदेवीमा बुइँगल

- साप्ताहिक संवाददाता

माघ २०, २०७४

सहरको भीडभाड तथा कोलाहलभन्दा टाढा कुनै शान्त रेस्टुराँ जान चाहनुहुन्छ भने मैतीदेवीस्थित बुइँगल लाउन्ज एन्ड बार पुग्न सक्नुहुन्छ । मैतीदेवी चोकबाट उत्तरतर्फ मोडिएपछि युनिभर्सल कलेजसँगै छ, बुइँगल । 

यहाँको सजावट तथा वातावरण मौलिक नेपाली शैलीको छ । यो रेस्टुराँ छिरेपछि बट्टाई तथा लोकल कुखुराको मासु, हाँसको छोयला, कसौंडीको मासु आदिको स्वाद लिन सकिन्छ । कसौंडीमा पकाइने खसीको मासु यहाँ धेरैले रुचाउने परिकार हो । बुइँगलमा नेपाली, चाइनिज, भारतीय तथा कन्टिनेन्टल परिकारहरूसमेत उपलब्ध हुन्छन् । 

ग्राहकहरूलाई घरकै जस्तो वातावरण उपलब्ध गराउनु यो रेस्टुराँको लक्ष्य हो । बुइँगल लाउन्ज एन्ड बार बर्थ डे, पास्नी, इङ्गेजमेन्टजस्ता पार्टीलगायत विभिन्न मिटिङका लागि पनि उपयुक्त गन्तव्य हुनसक्छ । यहाँ पार्किङको समेत पर्याप्त सुविधा छ । 

प्रकाशित :माघ २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्