लिटिल आइकन नेपाल

- साप्ताहिक संवाददाता

माघ १९, २०७४

 

स्कुलमा अध्ययन गर्ने बालबालिकाको सौन्दर्य सम्बन्धि प्रतियोगीता ‘लिटिल आइकन नेपाल २०१८’मा बालिकाहरुतर्फ श्रेया लिम्बु रहना श्रेष्ठ क्रमश: जुनियर तथा सिनियर उमेर समूहमा विजेता चयन भएका छन् । 

यसैगरी उमेर समूह अनुसार अनुष्का तामाङ र याङ्की सिलवाल फस्ट रनर अप, प्रमिशा राई र ग्रीभा घिमिरे सेकेन्ड रनर अप तथा अदिति चाम्लिङ राई र दक्षिणा राई थर्ड रनर अप छनौट गरिएका छन् । 

प्रतिस्पर्धामा जुनियर तर्फ कामना राई मोस्ट पपुलर बने भने सिनियरतर्फ रिया राई मोस्ट पपुलरका रुपमा अवार्ड विजेता बने । 

एएनपी मिडिया हाउसको आयोजनामा सम्पन्न प्रतियोगितामा बालकहरुतर्फ भने मोस्ट पपुलर अवार्ड सहित सेहाङ राई विजेता घोषणा गरिएका थिए । यसैगरी निश्चल श्रेष्ठ तथा लक्ष झा क्रमश: फस्ट तथा सेकेन्ड रनर अप चयन भएका थिए । 

 

 

 

प्रकाशित :माघ १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्