हिमालको ‘लाएको माया’

- साप्ताहिक संवाददाता

माघ १९, २०७४

गायक हिमाल श्रेष्ठको  नयाँ गीत ‘लाएको माया...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा वैदेशिक रोजगारीले निम्त्याउने पारिवारिक विचलनलाई चित्रण गरिएको छ । सत्य घटनामा आधारित भनिएको म्युजिक भिडियोले वैदेशिक रोजगारीमा जाने श्रीमान् तथा श्रीमतीको पीडा एवम् समस्यालाई चित्रण गरेको छ ।

नवक्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीतको उक्त गीत आधुनिक शैलीको छ । ‘हे साईली...’ उपशीर्षक राखिएको उक्त गीतमा प्रवीण श्रेष्ठको संगीत संयोजन छ ।

एक्सेल इन्टरटेन्मेन्ट यूकेद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । विदुर पाण्डेद्वारा छायांकन गरिएको म्युजिक भिडियोमा सहिन प्रजापति, अनुष्का अधिकारी तथा प्रतिक मुडवरीले अभिनय गरेका छन् । महादीप श्रेष्ठ तथा प्रतीक श्रेष्ठ निर्माता रहेको उक्त भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

लाएको मायाको म्युजिक भिडियो :

प्रकाशित :माघ १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्