सागर आलेको भ्यालेन्टाइन गीत

- साप्ताहिक संवाददाता

माघ १८, २०७४

नेपाली सिंगिङ्ग रियालिटी शो ‘नेपाल आइडल’बाट चर्चाको शिखरमा आएका सागर आलेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

प्रेम दिवस नजिकिदै गर्दा सागरको ‘मलाई किन तिम्रो माया’ बोलको गीत रिलीज गरिएको हो । राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ ।

सुवास नेपालले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा राज खड्का र जुना सुन्दासले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन् ।

मलाई किन तिम्रो मायाको म्यूजिक भिडियो :

 

 

प्रकाशित :माघ १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्