पल र आँचलको पिरतीको बर्को

- साप्ताहिक संवाददाता

माघ १८, २०७४

 

चलचित्र ‘शुत्रु गते’को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रको र्साजनिक गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको छ । अर्जुन भट्टराईले लेखेको उक्त गीत चलचित्रको दोस्रो गीत हो । ‘पिरतीको बर्को’ बोलको सार्वजनिक गीतमा प्रविन सिंहको नृत्य निर्देशन रहेको छ । सार्वजनिक गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ ।

मह सञ्चारको प्रस्तुति रहेको चलचित्र ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा कथा हरिवंश आचार्यको रहेको छ भने पटकथा दीपकराज गिरी र निर्देशक भट्टराईको रहेको छ । चलचित्र कलाकार किरण केसीले निर्माण गरेका हुन् । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल चलचित्रका निर्माता हुन् । 

दीर्घ गुरुङको छायाङ्कन रहेको चलचित्रमा पल र आँचलका अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, बसुन्धरा भूसाल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र चैत्र ९ गतेबाट प्रदर्शनको तयारीमा छ ।

पिरतीको बर्कोको भिडियो :

प्रकाशित :माघ १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्