रश्मीसँग प्रनिलको ‘फेवा तालैमा’

- साप्ताहिक संवाददाता

माघ १७, २०७४

 

गायक प्रनिल तामाङले नयाँ गीत बजारमा ल्याएका छन् । उनको ‘फेवा तालैमा’ बोलको लोकपप गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा शब्द/संगीत पनि उनकै छ । गीतमा आशिष सुनुवारले संगीत संयोजन गरेका छन् । 

पोखराको फेवाताल र साराङकोटमा खिचिएको गीतको भिडियोमा मोडल रश्मी तामाङसँग प्रनिल र रोज गुरुङले रोमान्स गरेका छन् । रविन थापाले निर्देशन गरेको गीतको भिडियो छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुजन शाहीले गरेका छन् । 

 

प्रकाशित :माघ १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्