सुन्दरादेबी म्युजिक अवार्ड

- साप्ताहिक संवाददाता

माघ १७, २०७४

विगत ४ वर्षदेखि हुँदै आएको सुन्दरादेबी म्यूजिक अवार्डको चौंचो संस्करण आगामी जेठमा हुने भएको छ । ‘नेपाली गीत संगीत हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने नारा सहित यो अवार्ड भिभिन्न जिल्लामा हुँदै आएको छ । अवार्डको यो वर्षको संस्करणका लागि फर्म खुल्ला भएको आयोजक संस्थाले जनाएको छ । 

नेपाली गीत/संगीतका ३३ विधामा अवार्ड वितरण गरिने छ । नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकले आयोजना गर्दै आएको अवार्डमा गीत/संगीतका क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान समेत गर्ने आयोजक समितिका अध्यक्ष किरण अधिकारीले बताएका छन् । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि. काठमाडौं गर्ने भएको छ ।

अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने दुई जना पत्रकारलाई नगदसहित सम्मान गरिने आयोकज संस्थाले जनाएको छ ।

 

 

प्रकाशित :माघ १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्