ककनीमा ल्होछार

- साप्ताहिक संवाददाता

माघ १७, २०७४

 

नुवाकोटको सुन्दर पर्यटकिय क्षेत्र ककनीमा स्थानियले ल्होछार मनाएका छन । ककनी गाउँपालिका ४ मा छहरे युवा कल्वको आयोजनामा बृहत ल्होछार ताथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । युवायुवतीले तामाङ भेसभुषमा सजिएर ल्होछार मनाएका थिए । 

कार्यक्रममा स्थानिय तामाङ गुरुहरुले बोम्बो नाच समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले समेत सहभागीता जनाएका थिए । 

पाँचौँ नुवाकोट महोत्सव हुने

नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको पाँचौँ नुवाकोट महोत्सवको तयारी तीव्र रूपमा सुरु भइरहेको छ । यही माघ १० गते बुधबारबाट महोत्सवको स्टल बुकिङ खुला सुरु भएको छ । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ आगामी फागुन १६ गतेदेखि २६ उक्त महोत्सव सञ्चालन हुने छ । 

प्रकाशित :माघ १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्