शेर बहादुरको प्रचार शैली

- साप्ताहिक संवाददाता

माघ १७, २०७४

चलचित्रको सार्वजनिक मिति नजिकिदै गर्दा निर्माताहरुले प्रचारका विभिन्न शैली अपनाउने गरेका छन् । माघ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र शेरबहादुरले चलचित्र प्रचारमा कलाकारको साथ लिएको छ । राजधानीका सडकमा सञ्चालित सफा ट्याम्पोहरुमा चलचित्रका पोष्टर प्रदर्शन गरेर प्रचारमा तिब्रता दिएको शेरबहादुरलाई कलाकारले पनि साथ दिएका छन् । 

शेरबहादरको वारेमा मह जोडीका बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले चलचित्र र निर्माता गौरी शंकर धुजुको वारेमा बोल्दै चलचित्रको प्रमोशनमा साथ दिएका हुन् । र यहि लहरमा देखिएका छन् दीपकराज गिरी तथा दीपाश्री निरौंला लगायतका कलाकार पनि । 

चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । आर राजवंशीले यो चलचित्र निर्देशन गरेका हुन् । 

प्रकाशित :माघ १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्