सनी पनि के कम

- एजेन्सी

माघ १७, २०७४

लन्डनको लोकप्रिय मेडम तुसाद म्युजियममा अब अभिनेत्री सनी लियोनको पुतला समेत सजिनेछ । मधुवाला, सलमान खान, अमिताभ बच्चन, रजनीकान्त, माधुरी दीक्षितजस्ता लोकप्रिय अभिनेता–अभिनेत्रीसँगै अब सनीको प्रतिमूर्ति उक्त म्युजियममा सजिन लागेको हो ।

हालै सनीले ट्विटमार्फत यो कुराको जानकारी दिँदै उक्त खबरले आफूलाई उत्साहित बनाएको उल्लेख गरेकी छिन् । ट्वीटमा सनीले एउटा तस्बिरसमेत पोस्ट गर्दै लेखेकी छिन्– ‘मेडम तुसाद संग्रहालयमा आफैंलाई हेर्न रोमाञ्चित भैरहेकी छु ।’ 

 

प्रकाशित :माघ १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्