टोकियोमा पिजडा ब्याक अगेन

- साप्ताहिक संवाददाता

माघ १६, २०७४

अभिनेता निखिल उप्रेती स्टार चलचित्र ‘पिजडा ब्याक अगेन’ जापानको टोकियोमा विशेष प्रर्दशन गरिएको छ । टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा प्रदर्शन गरिएको उक्त चलचित्र हेरेपछि दर्शकहरुले चलचित्र अत्यन्त मन परेको र कथावस्तुले भावुक बनाएको बताएका छन ।

चलचित्रका अभिनेता निखिल उप्रेती, निर्देशक हिमाल केसी र निर्मात्री तथा नायिका सञ्चिता लुईटेलको साथमा बसेर चलचित्र हेर्न पाउँदा दर्शकहरु हर्षित देखिन्थे । चलचित्र प्रदर्शनपछि दर्शकहरुले घेरिएका निखिल उप्रेतीले जापानबासी नेपालीहरुको अभुतपूर्व माया पाएको उल्लेख गर्दै जहाँ रहेपनि नेपाली चलचित्रलाई माया गर्न आग्रह समेत गरे । 

चलचित्रबारे प्रतिक्रिया दिँदै भिनेत्री सञ्चिता लुईटेलले विदेशमा पनि नेपाली दर्शकहरुसँग बसेर फिल्म हेर्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको उल्लेख गरिन । माघ ५ गते नेपालमा प्रदर्शन भएको चलचित्रमा निखिलका साथमा सारा शिर्पाली, सुस्मिता केसी, भोला सापकोटा, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । 

 

प्रकाशित :माघ १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्