दुख्दिन भन्दै आयुष र अनु

- साप्ताहिक संवाददाता

माघ १६, २०७४

रुपम एल्वमका साथमा रुद्रशेखर शर्मा गायकका रुपमा सांगीतिक क्षेत्रमा आए । केहि समय अघि सार्वजनिक गरेका उनले एक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । उनको पहिलो एल्वम ‘रुपम’ भित्र समावेश दुख्दिन म बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । विपिन किरणले लेखेको सार्वजनिक गीतमा नारायण सुवेदी आभासले संगीत भरेका छन् ।

गीतमा किरण कँडेलको संगीत संयोजन रहेको छ । विशाल भण्डारीले निर्देशन गरेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

रोमान्टिक शैली निर्माण गरिएको म्यूजिक भिडियोमा अभिनेता आयुष रिजाल तथा अभिनेत्री अनु शाहले जोडी बाधेका छन् । उनीहरुको जोडी निक्कै सुन्दर देखिएको छ । निर्देशकले उनीहरुलाई सुन्दर ढङ्गमा प्रस्तुत गरेका छन् । अर्जुन तिवारी तथा टिमले यो म्युजिक भिडियो छायांकन गरेको हो । 

‘दुख्दिन म’को म्यूजिक भिडियो 

 

प्रकाशित :माघ १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्