लम्फूका ४ गीत

- साप्ताहिक संवाददाता

माघ १५, २०७४

आउँदो नयाँ वर्षका लागि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लम्फु’का ४ वटा गीत सार्वजनिक भएका छन् । सार्वजनिक चारै गीतमा अर्जुन पोख्रेलका संगीत समावेश छन् । सार्वजनिक गीतहरु प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेष लामा र अप्सरा घिमिरेले गाएका छन् । चलचित्रका गीत सार्वजनिक हुँदै गर्दा गीतका संगीतकार अर्जुनले गीत चलचित्रको कथा अनुसार बनाएको बताएका छन् । उनले सार्वजनिक गीतहरु चलचित्र बाहिर सुन्दा पनि उस्तै अर्थपूर्ण लाग्ने बताएका छन् । 

‘सँगै ज्यूने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका ४ गीतको अडियो सार्वजनिक गरिएका हुन् । चलचित्रका गीतले मायाप्रेममा रोमाञ्स, वियोग तथा युवा अवस्थाको जीन्दगी प्रस्तुत गर्ने निर्माण टिमले बताएको छ । दिग्गज धौलारी, युवराज सापकोटा, प्रमोद ढुंगाना र नरेश भट्टराईले लेखेका गीत चलचित्रमा समावेश गरिएको छ । 

गोपालचन्द्र लामिछानेले निर्देशन गरेको यो चलचित्र मार्फत कबिर खड्का चलचित्र क्षेत्रमा कलाकारका रुपमा भित्रदै छन् । चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराईका साथमा तरकारीवालीको नामले चर्चामा आएकी कुशुम श्रेष्ठले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

गीतको अडियो  :

 

प्रकाशित :माघ १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्