भाइरल भएकी वयस्क अभिनेत्री

- एजेन्सी

माघ १५, २०७४

वयस्क चलचित्रकी एक अभिनेत्री अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएर अकस्मात् चर्चामा आइरहेकी छिन् । ट्रम्प रौसिलो रहँदाकी यी पात्रको बयानलाई अहिले अमेरिकाबाट प्रकाशित हुने पत्रपत्रिकाले आकर्षक ढंगले प्रस्तुत गरिरहेका छन् । श्रीमती मेलानिया ट्रम्पले सन् २००६ मा छोरा जन्माउँदा राष्ट्रपति ट्रम्पले आफूसँग शारीरिक सम्बन्ध राख्ने गरेको खुलासा वयष्क चलचित्रकी अभिनेत्री स्ट्रोमी ड्यानियलले गरेकी हुन् ।

ट्रम्पले आफूलाई निजी निवासका साथै होटलमा लगेर समेत सम्बन्ध राखेको ती अभिनेत्रीले बताएकी छिन् । सन् २०१६ मा ट्रम्प अमेरिकाको राष्ट्रपति चुनावमा उम्मेदवार हुने क्रममा यो कुरा कसैलाई नबताउने सर्तमा उनले आफूलाई १ करोड ३४ लाख रुपैयाँ दिएको समेत उनको दाबी छ । स्ट्रोमीको यो भनाइ सार्वजनिक भएपछि अहिले उनको नामका वयष्क चलचित्र हेर्नेहरूको संख्या ह्वात्तै बढेको छ ।

 

प्रकाशित :माघ १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्