प्रणय दिवसमा अन्जु पन्त
माघ १४, २०७४
पछिल्लो समय नेपालमा पनि प्रणय दिवस अर्थात ‘भ्यालेनटाइन–डे’लाई भब्य रुपमा मनाउन थालिएको छ । यो वर्षको प्रणय दिवसमा लोकप्रिय गायिका अन्जु पन्त पनि विशेष रुपमा प्रसतुत हुने भएकी छिन् । उनी प्रणय दिवसमा ‘साया हेल्लो क्याफे’मा रमाउँने छिन् ।
उनीसँगै उनका स्रोताले पनि प्रणय दिवस मनाउने अवसर पाउने छन् । बागबजारस्थित साया हेल्लो क्याफे गजलबारले १४ फेब्रुअरी अर्थात् ‘भ्यालेनटाइन–डे’कै दिन अन्जु पन्तको एकल गायन राखेपछि उनका फ्यान तथा स्रोताका लागि यस्तो अवसर जुरेको हो ।
‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’नाम दिईएको उक्त साँझमा गायिका पन्त निरन्तर रुपमा प्रस्तुत हुने छिन् । यो उनको लामो सांगीतिक करिअरको दोस्रो एकल गायन हो ।
कार्यक्रममा साया हेल्लो क्याफे गजलबारका सञ्चालक रुल्ज गुरुङले अञ्जु पन्तलाई आफ्नो रेष्टुरेण्टमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको सुनाए ।
यसअघि साया हेल्लो क्याफेमा चर्चित गायक स्वरुपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्यजस्ता गायक/गायिका एकल रुपमा प्रस्तुत भैसकेका छन् । प्रत्येक शुक्रबार गायिका प्राश्ना शाक्य लगातार गाउदै आएकी छिन् ।
प्रकाशित :माघ १४, २०७४

















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्