सन्ध्याको आशा

- साप्ताहिक संवाददाता

माघ १४, २०७४

अभिनेत्री सन्ध्या केसी मोडल तथा भिडियो जक्कीका रूपमा लोकप्रिय छिन् । टेलिभिजनको पर्दामा आकर्षक देखिने यी अभिनेत्री पछिल्लो समय चलचित्रमा आफ्नो भाग्य परीक्षण गरिरहेकी छिन् । यद्यपि सफलता भने हात लागेको छैन । 

पहिलो चलचित्र ड्रिम्समा सानो भूमिका निर्वाह गरे पनि उनी प्रसन्न पौडेलद्वारा निर्देशित चलचित्र कमलेको बिहेलाई अभिनेत्रीका रूपमा अभिनय गरेको पहिलो चलचित्र मान्छिन् । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत उक्त चलचित्र प्रदर्शन हुने छाँटकाँट नदेखिँदा सन्ध्या केही निराश पनि छिन् । यसबीच पुसको दोस्रो साता सन्ध्याले अभिनय गरेको तेस्रो चलचित्र ह्याप्पी न्यू इयर प्रदर्शन त भयो, तर त्यसले दर्शकदेखि निर्मातासम्म कसैलाई पनि ह्याप्पी बनाउन सकेन । 

त्यसको प्रत्यक्ष प्रभाव सन्ध्याको करियरमा समेत पर्‍यो । अहिले सन्ध्या निर्देशक दीपेन्द्र के खनालको चलचित्र चंगाचेटमा अनुबन्धित भएकी छिन् । मुख्य भूमिकाका लागि छनोट भएकी सन्ध्या यो चलचित्रले भने आफ्नो करियर माथि पुर्‍याउने कुरामा आशावादी छिन् । त्यसो त उनी कमलेको बिहेबाट समेत उत्तिकै आशावादी देखिन्छिन् ।  

 

प्रकाशित :माघ १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्