देउराली ब्यान्ड र प्रजापति

- साप्ताहिक संवाददाता

माघ ११, २०७४

लेखनाथ महोत्सवमा भोलि शनिबार देउराली ब्यान्डले प्रस्तुति दिँदैछन् । साँझ ५ बजे प्रारम्भ हुने कन्सर्टमा देउराली ब्यान्डका मुख्य भोकलिस्ट शान्तराज बज्राचार्यले देउराली समूहका नयाँ तथा पुराना गीत सुनाउँदै वातावरण तताउनेछन् ।

भोलि शनिबार दिउँसो लोकदोहोरी गायक प्रजापति पराजुली, नवीन पौडेल, भूमिका गिरी आदिको प्रस्तुति रहनेछ । हास्यकलाकारतर्फ शिवहरी वैरागी सभासद् र देवीराम पराजुली भोकलाग्योले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

आज शुक्रबार दिउँसो भने राजु गुरुङ, सीता केसीका साथमा स्थानीय कलाकारको लोकदोहोरी प्रस्तुति रहनेछ । आजै पोखरेली माग्ने बूढा युवराज भण्डारी र पोखरेली धुर्मुस राजेन्द्र नेपालीले आफ्नो प्रस्तुति मार्फत दर्शकहरूलाई हँसाउनेछन् । 

 

प्रकाशित :माघ ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्