नेफ्टा अवार्ड फागुन ३० मा

- साप्ताहिक संवाददाता

माघ ९, २०७४

 

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको दशौं संस्करण आगामी फागुन ३० गते हुने भएको छ ।  बसन्तपञ्चमीको को अवसार पारेर अवार्ड वितरणको मिति सार्वजनिक गरिएको हो

यसपटकको अवार्ड पनि विदेशमै हुने भएको छ । उत्कृष्ट पाँच घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम समेत सार्वजनिक गरिने लामाले बताए । आउँदो सातादेखि पाँच सदस्यीय जुरीले चलचित्र मूल्यांकनको काम सुरु गर्ने छन् । 

चलचित्र प्राविधिकको छाता संस्थाले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरेको छ । 

 

प्रकाशित :माघ ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्