Teej banner

गर्भावस्था र यौनसम्पर्क

- डा.बालकृष्ण शाह

माघ ८, २०७४

म २० वर्षीया गृहिणी हुँ र आमा बन्न लागेकी छु । मेरो गर्भ ५ महिनाको भयो । अब मैले कहिलेदेखि यौनसम्पर्क गर्न मिल्छ ?

 

गर्भावस्थामा यौनसम्पर्क गर्न धेरैलाई डर लाग्छ । सामान्यत: गर्भावस्थामा पनि दुवै जना (विशेषत: महिला) को सहमतिमा यौनसम्पर्क गर्न सकिन्छ ।

कुनै–कुनै गर्भावस्था आफैंमा जोखिमपुर्ण हुन सक्छ । ती अवस्थामा यौनसम्पर्क नगरेकै राम्रो मानिन्छ ।

त्यस्ता अवस्थाबाहेक सामान्य अवस्थामा यौनसम्पर्क गर्न सकिने भएकाले तपाईंले समय कुर्नु पर्दैन, तर सन्तान पाउनेबित्तिकै वा प्रसव अवस्थामा चाहिँ कम्तीमा ६ हप्ता यौनसम्पर्क गर्न मिल्दैन ।

                                                        स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

                                                         मोरङ सहकारी अस्पताल 

प्रकाशित :माघ ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्