पोष्टरमा शेर बहादुर

- साप्ताहिक संवाददाता

माघ ७, २०७४

अवकाश प्राप्त एक आर्मी को कथामा निर्माण भएको चलचित्र ‘शेर बहादुर’को पोष्टर सार्वजनिक गरिएको छ । निडर, शन्की र बलियो पात्र शेर बहादुर चलचित्रको मूख्य पात्र हो । शेर बहादुरको चरित्र सहित अन्य कलाकार समावेश पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । 

बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान पोष्टरमा समेटिएका छन् । एक्शन, रोमान्स, ड्रामा  समाबेश चलचित्रप्रति आफू निक्कै उत्साहित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र यहि माघ १९ गतेबाट प्रदर्शनको तयरीमा छ । 

 

प्रकाशित :माघ ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्