गर्भवती एना इभानोभिच

- साप्ताहिक संवाददाता

माघ ६, २०७४

जर्मन फुटबलर बास्टिन स्वाजटाइगरसँग गत वर्ष विवाह गरेकी एना इभानोभिच गर्भवती भएकी छिन् । म्यानचेस्टर युनाइटेडका खेलाडी बास्टिनसँंग भेनिसमा विवाह गरेकी एनाले हालै आफ्नो र बास्टिनको जुत्तासँगै एडिडासको सानो जुत्ताको तस्बिर सेयर गरेर आफू गर्भवती भएको जानकारी दिएकी थिइन् ।

तस्बिरमा ट्याग गर्दै एनाले भनेकी छिन्– हाम्रो परिवारमा नयाँ सदस्य आउँदैछ जसले हामीलाई धेरै खुसी बनाउनेछ । ३३ वर्षीय बास्टिन अझैं पनि राष्ट्रिय टिममा छन् भने सर्बियाकी एनाले विवाहपछि टेनिसबाट संन्यास लिइसकेकी छिन् । 

 

प्रकाशित :माघ ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्