Teej banner

संसारकै अग्लो कुकुर

- साप्ताहिक संवाददाता

माघ ६, २०७४

संसारकै अग्लो कुकुर

फ्लोरिडाको लिज्जी नामक कुकुर संसारको सबैभन्दा अग्लो कुकुर हो । कालो र सेतो रंगको यो कुकुरको उचाइ ९६ दशमलव ४१ सेन्टिमिटर छ । तीन वर्षको उमेरदेखि लिज्जीको उचाइ अस्वभाविक रूपमा बढ्न थालेको हो । खाना खाने बेला यसले कुर्सीमा बसेर खान्छ । बाहिर निस्कँदा यो कुकुरले सबैको ध्यान तान्छ । मालिकले कतिपय पार्टीमा लिज्जीलाई साथमै लाने गरेका छन् ।

संसारकै सबैभन्दा

लामो आँखिभौं 

यू जियाङ्सिया संसारमा सबैभन्दा लामो आँखीभौं भएकी महिला हुन् । च्याङ्झाउ, जियाङ्सु, चीनकी युको आँखिभौं १२ दशमलव ४० सेन्टिमिटर लामो छ ।

केकको टावर

साउथ अफ्रिकामा केकको सबैभन्दा अग्लो टावर बनाइएको छ । यसको उचाइ १० दशमलव ७७ मिटर (३५ फिट ४ इन्च) छ । यसमा ६ हजार ३ सय ७० वटा केकको प्रयोग गरिएको छ । टावर बनाइसकेपछि १ दशमलव २ टनको उक्त केक स्वयमसेवक, अतिथि तथा बालबालिकाहरूका साथै अस्पतालका विमारीहरूलाई बाँडिएको थियो । 

 

इन्स्टाग्राममा बढी लाइक पाउने व्यक्ति

अमेरिकाकी बेयोन्स नलेस कार्टरले इन्सटाग्राममा बढी लाइक पाउने व्यक्तिका रूपमा गिनिज बुकमा नाम लेखाएकी छिन् । उनले आफू गर्भवती भएका बेला जुम्ल्याहा बच्चा जन्माएको तस्बिर पोस्ट गरेकी थिइन् । बेयोन्सको उक्त तस्बिरले सबैभन्दा बढी लाइक्स पाएको थियो । उनको इन्स्टाग्राम भेरिफाइसमेत भैसकेको छ । बेयोन्सलाई इन्स्टाग्राममा ९३ लाखले फलो गरेका छन् । 

प्रकाशित :माघ ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्