निखिलको पिँजडा ब्याक अगेन

- साप्ताहिक संवाददाता

माघ ५, २०७४

संगीत : वसन्त सापकोटा, अर्जुन पोखरेल, राजनराज शिवाकोटी 

निर्देशक : हिमाल केसी कलाकार : निखिल उप्रेती, सारा शिर्पाली, सुस्मिता केसी, कुशाग्र भट्टराई, पुकार भट्टराई, ज्याक श्रेष्ठ आदि । 

डेढ दशकअघि निखिल उप्रेतीले चलचित्र ‘पिँजडा’बाट अभिनेताका रूपमा आफ्नो करियर थालेका थिए । त्यतिबेला कान्तिपुर पब्लिकेसन्सको साततले भवनबाट फाल हालेर साहसिक स्टन्ट गरेका निखिलले त्यसपछि आफुलाई ‘एक्सन हिरो’कै रूपमा स्थापित गर्दै लगे । 

बीचमा केही समय हराएपछि अहिले उनले नेपाली चलचित्रलाई निरन्तरता दिइरहेका छन् । निखिलको पहिलो चलचित्र ‘पिंजडा’(लाई सम्झाउने गरी द्वन्द्व निर्देशक हिमाल केसीको निर्देशनमा चलचित्र ‘पिंजडा ब्याक अगेन’ निर्माण गरिएको छ । आज शुक्रबारदेखि देशभर प्रदर्शन हुने चलचित्र ‘पिँजडा ब्याक अगेन’मा निखिलको एक्सन अवतार हेर्न पाइन्छ । सारासंग प्रेम विवाह गरेका निखिल गाउँको घरमा बस्छन् । 

उनीहरूका एक छोरा पनि छन् । अन्याय–अत्याचारविरोधी निखिलको जीवनमा खलपात्रहरूले विष घोल्ने काम गर्छन् । परिवारसँग अलग हुनुपर्ने बाध्यता सिर्जना हुन्छ । अन्तत: खलपात्रहरूको मनोकांक्षा पूरा हुन नदिन निखिलले एउटा ठुलो लडाइँ लड्छन् । मौनता श्रेष्ठद्वारा लिखित चलचित्र ‘पिंजडा ब्याक अगेन’लाई सौरभ लामाले खिचेका हुन् भने यसलाई बनिश शाह तथा मिलन श्रेष्ठले सम्पादन गरेका छन् । 

प्रकाशित :माघ ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्