आयना विलियम्स

- साप्ताहिक संवाददाता

माघ ४, २०७४

आयना विलियम्स

संसारमा सबैभन्दा लामो नङ कसको होला ? ६० वर्षीया आयना विलियम्सको । ५ सय ७६ दशमलव ४ सेन्टिमटर लामो नङ भएकी आयना गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल भएकी छिन् । लामा नङ नभाँचिउन् भनेर उनी भाँडा माझ्ने, कपडा धुनेजस्ता कामबाट परै बस्छिन् । हात धुँदा सधैँ एन्टिब्याक्टिेरियल साबुन प्रयोग गर्छिन् र ब्रसले दैनिक नङ सफा गर्छिन् । आयना लामा नङले ट्राउजर लगाउन र फुकाल्न बाहेक अरू कुरामा अफ्ठ्यारो नहुने कुरा बताउँछिन् । 

सबैभन्दा पुराना बडिबिल्डर

जिम एरिङ्टन सबैभन्दा पुराना बडी बिल्डर हुन् । ८५ वर्ष नाघेका जिम स्किनिबोन्स नामले समेत चिनिन्छन् । भेनिस, क्यालिफोर्नियाका जिम विगत ७० वर्षदेखि बडी बिल्डिङमा सक्रिय छन् । निरन्तर मेहनतका कारण उनले हालसम्म ६२ वटा प्रतिस्पर्धामा जित हासिल गरिसकेका छन् ।

ठूलो गाँस खाने व्यक्ति

संसारमा सबैभन्दा ठूलो गाँस खाने व्यक्तिका रूपमा जर्मनीका बर्न स्किमिडिट्ले नाम लेखाएका छन् । सन् २०१५ मा उनका छोराले गिनिज बुक देखाउँदै यस्तो पनि रेकर्ड हुन्छ भनेका थिए । त्यसपछि बर्नले आफ्नो तयारी थाले । बर्नले मुखमा ३ दशमलव ५ इन्चको ग्याप राखेर यो कीर्तिमान कायम गरेका हुन् । 

 

प्रकाशित :माघ ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्