Teej banner

खामभित्रको माया

- साप्ताहिक संवाददाता

माघ ४, २०७४

 

नेपाली गीत/संगीतमा धेरैले रुचाएको नाम हो– हेमन्त शर्मा । उनका गीतका मात्रै होईन व्यबहारका पनि उत्तिकै फ्यान छन् । दर्शक स्रोताको अत्याधिक माया पाउँन सफल गायक हेमन्त आफूलाई यो समयको भाग्यमानी गायक सम्झन्छन् र भन्छन् पनि ।

उनलाई राम्रोसँग थाहा छ कस्तो व्यबहार गर्ने मान्छेलाई आफूले कस्तो भूमिका निर्वाह गर्नु पर्छ भन्ने कुरा । सेलिब्रेटी बनिसकेपछि दर्शक स्रोतालाई खासै महत्व नदिने धेरै सेलिब्रेटीको भिडमा गायक शर्माले कहिल्यै त्यस्तो गरेनन् । उनले सकेसम्म समय निकालेर सबै दर्शक स्रोतालाई प्रतिकृया दिन भ्याएका छन् । 

त्यसैले उनी फरक किसिमका थोरै गीत गाएर पनि निरन्तर चर्चामा छन् । उत्तिकै मेला महोत्सवमा उनको माग छ । धेरैका प्रिय बन्न सफल गायक शर्माले केहि दिन अघि सबैसँग नजिक रहन राम्रो गीत गाएर मात्रै पुग्दैन भन्ने सन्देश औपचारिक रुपमै अघि सारे ।

यहि सन्देश सहित उनले एउटा कार्यक्रमको सुरुवात गरे ‘इन्फर्मल हेमन्त’ शिर्षकमा । उनले उक्त कार्यक्रमको ३ भाग सञ्चालन गरिसकेका छन् । पहिलो कार्यक्रममा आफूले कार्यक्रम थालेको औपचारिक जानकारी गराएका शर्माले पछिल्लो कार्यक्रममा ‘आत्महत्या’का विषयमा केहि कुरा गरेका छन् । पछिल्लो अंकमा भने उनले धेरै पहिला उनका फ्यानले पठाएका पत्रका केहि अंश पढेका छन् । 

उनको यो शृंखलालाई धेरैले मन पराएका छन् । उनले आफूलाई स्रोताले पठाएका पत्र मात्रै होईन आफूले स्रोतालाई पठाएका पत्र पनि पढ्न भ्याएका छन् । उनके यो अंकबाट उनका स्रोताले आफूप्रतिको सम्मान झन टट्कारो रुपमा बुझेका छन् । 

 

पत्रको अंश : 

 

प्रकाशित :माघ ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्