तीन सहरमा नेपथ्य यात्रा

- साप्ताहिक संवाददाता

माघ ४, २०७४

स्थापनाको रजत महोत्सव मनाइरहेको नेपथ्यले मुलुकका तीनवटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ । केही समयअघि मात्र काठमाडौं, पोखरा तथा बुटवलका दर्शकहरूसामु प्रस्तुत भएको नेपथ्यले आफ्नो २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीहरूसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो । 

पुस २८ गते झापाको दमकबाट सुरु भएको यो यात्रा माघ १ गते नारायणघाट हुँदै माघ ४ गते आज भैरहवा पुगेर सम्पन्न हुनेछ । मुलुकको पूर्वी, मध्य र पश्चिम भागको प्रतिनिधित्व गर्ने यी सहरको यात्राका लागि ब्यान्डले नयाँ–पुराना गीतहरूको अभ्यास गरेको थियो ।

यात्रा अन्तर्गत पहिलो शो दमकको सरस्वती निम्न माध्यमिक विद्यालयमा सम्पन्न भयो । माघे संक्रान्तिका दिन नारायणी नदीको किनारमा बेलुकी छ बजे नेपथ्यको कन्सर्ट सम्पन्न भएको छ । आज भैरहवास्थित पक्लिहवा हाइस्कुलमा बेलुकी ६ बजेदेखि नेपथ्यले आफ्नो प्रस्तुति दिनेछ । 

 

प्रकाशित :माघ ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्