पछि सर्‍यो निखिलको ‘पिँजडा ब्याक अगेन’

- साप्ताहिक संवाददाता

माघ ३, २०७४

 

 

आगामी बिहिबारका लागि रिलिजको तयारी गरिएको चलचित्र ‘पिँजडा ब्याक अगेन’ एक दिन पछाडी सरेको छ । अर्थात हरेक शुक्रबार रिलिज हुने चलचित्रको मान्यता कायम राख्दै यो चलचित्र पनि आगामी शुक्रबारबाटै रिलिज हुने भएको छ । सोनाम ल्होसारको अवसर पारेर रिलिजको तयारी रहेको यो चलचित्र अघिल्लो साता प्रदर्शनमा आएका चलचित्रलाई कम्तिमा एक साता चल्न दिने भन्दै एक दिन पछि सारिएको हो । 

निखिल उप्रेती स्टार यो चलचित्रमा सारा शिर्पाली, ज्याक श्रेष्ठ, भोलाराज सापकोटा, सुन्दर श्रेष्ठ, पुकार भट्टराई, सुस्मिता केसीलगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

हिमाल केसीले निर्देशन गरेको चलचित्र श्रीराम बरालको प्रस्तुतिमा तयार पारिएको छ । चलचित्रमा गोविन्द गैरे र रोहित पुरीले लगानी गरेका छन् । 

त्यसो त सोनाम ल्होसार नै पारेर निगम श्रेष्ठको निर्देशन रहेको ‘लालपुर्जा’ बिहीबार नै रिलिज हुँदै छ । उक्त चलचित्रमा सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगरलगायतका कलाकार शिर्ष भूमिकामा देखिएका छन् । 

प्रकाशित :माघ ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्