इज इट लभ

- साप्ताहिक संवाददाता

माघ ३, २०७४

 

आगामी बैशाख १४ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘लिलिबिली’को एक रोमान्टिक गीत सार्वजनिक भएको छ । चलचित्रको स्कटल्यान्डमा छायांकन गरिएको गीत ‘इज इट लभ...’ को भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा अभिनेता प्रदीप खड्का र जसिता गुरुङ प्रस्तुत भएका छन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । सार्वजनिक गीतको भिडियोमा प्रदीप र जसिताको जोडीले बिताएका रोमान्टिक क्षणहरू देखाईएको छ । 

एलिश कार्कीको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईले आवाज दिएका छन् । मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा प्रदीप र जसिताका साथमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनीष श्रेष्ठ, ध्रुव दत्त र रितेश चाम्सले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

काफिया फिल्मस, सुदिप प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रमा गोविन्द शाही र सुदीप खड्का निर्माताको रूपमा रहेका छन् । सुदीप बराल चलचित्रको सिनेम्याटोग्राफर पनि हुन् ।

इज इट लभको म्यूजिक भिडियो : 

 

 

प्रकाशित :माघ ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्