पण्डित बाजेको लौरीमा मरिष्का

- साप्ताहिक संवाददाता

माघ २, २०७४

 

चलचित्र ‘पण्डित बाजेको लौरी’ निर्माण हुने भएको छ । गत साता राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्र अधृत फिल्मस् प्रालीको व्यानरमा निर्माण हुँदै छ । 

चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । 

चलचित्रमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले सयुक्त रुपमा लगानी गर्दै छन् । महेश दवाडीको कथा /पटकथा/संवाद रहने चलचित्रमा बिदुर गिरीको छायांकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी तथा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहनेछ ।

प्रकाशित :माघ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्