‘नेप्टे’को काँचो सुपारी

- साप्ताहिक संवाददाता

माघ २, २०७४

चलचित्रको ‘नेप्टे’को प्रमोसनल गीत सार्वजनिक भएको छ । ‘सुपारी काँचो’बोलको गीत सार्वजनिक गर्दै चलचित्र यस्निटले चलचित्र प्रचार थालेको हो । भानुभक्त ढकालको शब्द रहेको गीतमा ओम सुनारको संगीत सावित्री जोशी र ओम सुनारको आवाज रहेको छ ।  

देबकुमार श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रमा दयाहाङ राई र अभिनेत्री छुल्ठिम गुरुङले शिर्ष भूमिका रहेर अभिनय गरेका छन् । 

रोहित रुम्बाको कथा रहेको यस चलचित्रमा किरण माईकल घिमिरेको पटकथा तथा संवाद रहेको छ ।  छुल्ठिम र दयासँगै चलचित्रमा रोहित रुम्बा, पुर्णिमा लामा, बुद्धि तामाङ, श्याम राई, अर्जुन गुरुङ, कमलेश बराल, अरुणा कार्की, जयनन्द लामा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र आगामी चैत ३० गतेबाट प्रदर्शनको तयारी रहेको छ । 

गीतको भिडियो : 

 

प्रकाशित :माघ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्