शिल्पा र छविको बम्पर उपहार

- साप्ताहिक संवाददाता

माघ २, २०७४

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मंगलम’को नयाँ गीत सार्वजनिक भएको छ । पटक पटक रिलिज डेट सार्दै आएको यो चलचित्रको ‘बम्पर उपहार’बोलको गीत सार्वजनिक भएको हो ।

प्रमोद खरेलले गाएको सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द तथा दीपक शर्माको संगीत समावेश छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार शिल्पा पोखरेल र पृथ्वीराज प्रसाई फिचिरिङ छन् । 

गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । नवल नेपालको निर्देशन रहेको चलचित्रमा शिल्पा र पृथ्वीराजसँगै पुष्पल खड्काले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । त्यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विशेष भूमिका रहेको छ । 

फागुन २५ मा गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको यहि चलचित्र मार्फत अभिनेत्री शिल्पा पोख्रेल निर्माताका रुपमा आउँदैछिन् । चलचित्रमा शिल्पासँगै छविराज ओझाले पनि लगानी गरेका छन् । 

बम्पर उपहारको भिडियो :

 

प्रकाशित :माघ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्