चलचित्रकर्मी पौड्यालको प्रतिमा

- साप्ताहिक संवाददाता

माघ २, २०७४

बरिष्ठ चलचित्रकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने भएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको २४ औं बार्षिक साधारण सभाबाट पौड्यालको प्रतिमा निर्माणको प्रस्ताव पारित भएको हो ।

नेपाल सरकारबाट विशिष्ट चलचित्रकर्मीद्धारा बिभुषित उद्धव पौड्याल एनएफडिसीका पूर्व अध्यक्ष समेत हुन् । नेपाली चलचित्र निर्माण, प्रदर्शन र वितरणसँगै सञ्चार क्षेत्रमा पौड्यालको संलग्नता छ । एनएफडिसीको प्रेक्षालय परिसरमा पौड्यालको प्रतिमा निर्माण हुनेछ ।

नेपाल सरकार मातहतको नेपाल चलचित्र विकास बोर्ड स्थापनामा पौड्यालको महत्वपुर्ण भुमिका रहेको छ । 

 

प्रकाशित :माघ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्