सीमाको साइको चाहना

- साप्ताहिक संवाददाता

माघ २, २०७४

एक दशकभन्दा लामो अवधिदेखि चलचित्रमा सक्रिय अभिनेत्री हुन्— सीमा केसी । नाटक तथा म्युजिक भिडियोमा अभिनय गर्दै कलाकारितामा प्रवेश गरेकी सीमा अहिले भने चलचित्रमा व्यस्त छिन् । चलचित्र युजबाट रजतपटमा आएकी सीमाले यो अवधिमा तिमीबिनाको संसार, लुकी–लुकी, जंगल लभ, ड्राइभर दाइ आदि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

यीमध्ये उनलाई दर्शकले चलचित्र युज तथा ड्राइभर दाइमा मन पराएका थिए । यतिबेला सीमा आफ्ना दुई नयाँ चलचित्रको प्रदर्शनको पर्खाइमा छिन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ऐलानबाट उत्साहित सीमाले चलचित्र नेपालीको सानमा समेत प्रभावकारी भूमिका निर्वाह गरेकी छिन् ।

एक दर्जनभन्दा बढी चलचित्रमा विभिन्न प्रकारका भूमिका निर्वाह गरिसकेकी सीमा यतिबेला एउटा पृथक् भूमिकाको खोजीमा छिन् । केसी भन्छिन्– मलाई साइको चरित्र भएकी युवतीको भूमिका निर्वाह गर्न मन छ । त्यस्तो भूमिका चुनौतीपूर्ण त हुन्छ नै, दर्शकको मनमा समेत बस्ने सीमाको तर्क छ । 

 

प्रकाशित :माघ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्