Teej banner

गोमा भइन् मिसेस हिमालयन

- साप्ताहिक संवाददाता

माघ १, २०७४

 

मिसेज हिमालयन नेपाल–२०१८ को उपाधि गोमा अधिकारीले जितेकी छिन् । उपाधिसंगै गोमाले सिंगापुरमा आयोजना हुने मिसेस एसिया प्यासिफिक ईन्टरनेसनल– २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएकी छिन् । प्रतियोगितामा बिन्दु लामाले फस्ट रनर्सअपको उपाधि जितिन् । उनले पनि सिंगापुरको प्रतियोगितामा सहभागिता जनाउने छिन् ।

सेकेन्ड रनर्सअपको उपाधि रचना ज्ञावलीले प्राप्त गरिन् । अमेजन इन्टरटेनमेन्टद्वारा बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि, आन्तरिक कला प्रस्फुटन र सामाजिक काममा अग्रसर गराउने उदेश्यले यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा रिचा कवैले पब्लिक च्वाइस एवार्ड जितिन् ।

प्रतियोगिताका अन्य उपाधितर्फ बेस्ट हेयरमा उनिशा राई, बेस्ट स्किनमा एलिजा रोक्का, बेस्ट फोटोजेनिकमा करुणा जोशी, बेस्ट स्माईलमा प्राप्ती श्रेष्ठ, मस्ट कन्फिडेन्समा रिचा कवै, मिसेस ट्यालेन्टमा रचना ज्ञावली, मस्ट स्मार्टमा प्रमिला सिंह ठकुरी, बेस्ट पर्सोनालिटीमा गोमा अधिकारी, मस्ट चार्मिङमा लामु शेर्पा, मस्ट एक्टिभमा निरु शाह ठकुरी,मस्ट ईन्टलेजेन्टमा बिन्दु लामा,बेस्ट ड्रेस्समा गोमा अधिकारी र मस्ट पपुलरको अवार्ड रिचा कवैले हात पारेका थिए ।

प्रकाशित :माघ १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्