मकर संक्रान्तिका परिकार

- साप्ताहिक संवाददाता

माघ १, २०७४

 

 

 

पिँडालु

 पिँडालुमा भिटामिन ई तथा ए हुने भएकाले यसको सेवनले छालालाई फाइदा मिल्छ । 

 यसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ । 

 फोक्सो तथा मुखको क्यान्सर हुने सम्भावना कम गर्छ ।

 एनिमियाँबाट जोगाउनुका साथै रक्तसञ्चार पनि राम्रो बनाउँछ ।

 

सखरखण्ड

 सखरखण्डमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । 

 यसबाट फाइबर, क्यारोटिन, भिटामिन ए, बी, सी, क्याल्सियम, आइरन तथा पोटासियमसमेत प्राप्त गर्न सकिन्छ । 

 यसको सेवनले क्यान्सर निवारण हुनुका साथै मोटोपन घटाउन सहयोग पुग्छ ।

 सखरखण्ड खाए क्याल्सियम कम हुनबाट जोगिन सकिन्छ ।

 

तरुल

 माघेसंक्रान्तिमा अघिल्लो दिन उसिनेर राखेको तरुल खाने चलन छ । 

 तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड हुन्छ ।

 तरुलमा विभिन्न किसिमका पौष्टिक तत्त्व पाइन्छ ।

 माघमा बढी चिसो हुने भएकाले इनर्जी प्राप्त गर्न तरुल खानु बेस हुन्छ । 

प्रकाशित :माघ १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्