होलिडेका तस्विर सार्वजनिक

- साप्ताहिक संवाददाता

पुस ३०, २०७४

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘होलिडे’बा केहि तस्विर सार्वजनिक भएका छन् । प्रदर्शन मिति तय नभएको यो चलचित्रको तस्विर सार्वजनिक गर्दै निर्माण पक्षले प्रचार प्रसारको सुरुवात गरेको छ । 

कमेडी ड्रामालाई पर्दामा उतारिएको यो चलचित्र निर्देशक बसन्त निरौलाले निर्देशन गरेका हुन् । 

चलचित्रमा गौरव पहारी, बुद्धि तामाङ, पवित्रा आचार्य, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको छायांकन फ्रान्स, बेल्जियम लगायतका देशमा गरिएको छ ।

 

बी.एन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, हरि कार्कीले सयुक्त रुपमा लगानी गरेका छन् । दिनेश कालिराज यो चलचित्रका कार्यकारी निर्माता हुन् । 

 

प्रकाशित :पुस ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्