Teej banner

आठ सहरमा सर्जमिन

- साप्ताहिक संवाददाता

पुस ३०, २०७४

मण्डला थिएटरको सहकार्यमा लेट्स इन्टरटेन्मेन्टको प्रस्तुति नाटक ‘सर्जमिन’ पूर्वका आठवटा सहरमा मञ्चन भैरहेको छ । प्रवीण खतिवडाको निर्देशनमा तयार भएको उक्त नाटकको प्रदर्शन पुस २५ गते प्रारम्भ भएर माघ ८ गतेसम्म चल्नेछ । नाटक मञ्चन तथा कार्यशालाका लागि कलाकारहरू दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, सोमनाथ खनालजस्ता एक दर्जनभन्दा बढी कलाकार अहिले पूर्वाञ्चलमै छन् । उक्त नाटक इटहरीमा पुस २५ गते, लेटाङमा पुस २६ गते, बेलबारीमा  पुस २७ तथा शुक्रबार र शनिबार मञ्चन भयो भने धुलाबारीमा पुस ३० र माघ १ गते, चुलाचुलीमा २ गते, झोराहाटमा ३ र ४ गते, रमाइलोमा ५ गते तथा विराटनगरमा ६, ७ र ८ गते मञ्चन हुनेछ । 

काशीदेवी

कालिकास्थानस्थित सर्वनाम थिएटरमा पुस २७ गतेदेखि माघ ६ गतेसम्म मैथिली भाषाको नाटक ‘काशीदेवी’ मञ्चन भैरहेको छ । यो नाटकको निर्देशन सरिता साहले गरेकी हुन् भने यसका लेखक निराजन झा हुन् । 

दिल्ली टु दुबई

कचहरी नाटक श्रृंखलाअन्तर्गत रंगकर्मी अनुप बराल आफ्नो टोलीका साथ पूर्वाञ्चलका गाउँहरूमा नाटक मञ्चन गरिरहेका छन् । ‘दिल्ली टु दुबई’ शीर्षकको उक्त कचहरी नाट्य मोरङका दस स्थानमा मञ्चन गरिएको छ । नाटक दिल्ली टु दुबईको निर्देशन रंगकर्मी बरालले नै गरेका हुन् । 

 

प्रकाशित :पुस ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्