गौरी मल्लको जीवन साथी
पुस ३०, २०७४
नेपाली चलचित्रकी पुरानी अभिनेत्री गौरी मल्लले विभिन्न स्टेजमा कविता वाचन गरेको त धेरैलाई थाहा छ । तर, उनले औपचारिक रुपमा गीत गायनमा भने आफूलाई होमेकी थिईनन् । अब भने उनी गायिकाका रुपमा सांगीतिक क्षेत्रमा आएकी छिन् । उनले ‘जीवन साथी’बोलको गीत गाएकी छिन् । यो नै उनले पहिलो पटक आवाज भरेको गीत हो ।
‘जीवन साथी’बोलको सार्वजनिक गीतमा अभिनेत्री गौरीलाई गायनमा चर्चित गायक प्रमोद खरेलले गायनमा साथ दिएका छन् । पूजा मारियाका शब्द तथा राम सिटौलाको संगीतमा गौरी र प्रमोदको ‘जीवन साथी’ सार्वजनिक भएको हो ।
गीतको म्यूजिक भिडियोमा भने दिव्य दाहालकी जीवन साथीका रुपमा अभिनेत्री नम्रता सापकोटा देखा परेकी छिन् । रोजल थापाले निर्देशन गरेको म्यूजिक भिडियोमा विरेन्द्र भट्टको छायांकन तथा रोहित बस्नेतको कोरियोग्राफी रहेको छ । म्यूजिक भिडियोलाई श्याम कसम्पादन गरेका छन् ।
जीवन साथीको म्यूजिक भिडियो :
प्रकाशित :पुस ३०, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्