राज्यलाइ चुनौती दिदै आक्रान्त

- साप्ताहिक संवाददाता

पुस ३०, २०७४

 

डेढ दशक देखि नेपाली चलचित्र निर्देशकका रुपमा काम गर्दै आएका प्रमोद भण्डारी एउटा नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले राज्यलाइ चुनौती दिने खालको चलचित्र ‘आक्रान्त’ बनाउने जनाएका छन् । 

सानो कथालाई समाज र राज्यसँग जोडेर चलचित्रको स्कृप्ट तयार पारिएको निर्देशक भण्डारीले बताएका छन् ।  

यो चलचित्र फागुनबाट फ्लोरमा जाने भएको छ । चलचित्रका लागि केहि शिर्ष कलाकार पक्का भएपनि अहिले चलचित्रका कलाकारका बारेमा भने केहि खुलाईएको छैन् । 

राजनीति र समाजलाई युवा पुस्तासँग बाधेर निर्माण गर्न लागिएको यो चलचित्र निर्माण गर्न र रिलिज गर्न ठूलो चुनौँती रहेको निर्देशक भण्डारीको भनाई छ । उनले यो चलचित्र २०७५ सालको दसैंमा रिलि जगर्ने बताएका छन् । 

 

प्रकाशित :पुस ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्