मेलिना राईका राजा

- साप्ताहिक संवाददाता

पुस ३०, २०७४

पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा निक्कै जमेकी गायिका हुन् मेलिना राई । उनले गाएका गीतहरु लोकप्रिय बन्दै गर्दा उनकै आवाजमा अर्को एउटा नयाँ गीत सार्वजनिक भएको छ । 

गायक तथा संगीतकार दिपेन्द्र थिङको नयाँ एल्वम ‘दिलमा सजाउँला’ भित्र समावेश गीत मेलिनाको आवाजमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा मेलिनालाई गायनमा सुमन केसीले साथ दिएका छन् । सार्वजनिक गीत दिपेन्द्र खड्काले लेखेका हुन् ।  

गीत म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा भने चल्तीका मोडल पुष्पल खड्कासँग अस्मिता श्रेष्ठले अनस्कृन रोमान्स गरेकी छिन् । म्यूजिक भिडियोलाई गौरव गिरीले निर्देशन गरेका हुन् । 

दिलमा सजाउँलाको म्यूजिक भिडियो : 

 

प्रकाशित :पुस ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्