अंकिताको पदार्पण

- एजेन्सी

पुस २९, २०७४

सानो पर्दाकी लोकप्रिय अनुहार अंकिता लोखंडे अभिनेत्रीका रूपमा बलिउडमा पदार्पण गर्न तयार भएकी छिन् । छायांकनका क्रममा रहेको चलचित्र मणिकर्णिका–द क्विन अफ झाँसीमार्फत अंकिताले बलिउडमा पाइला टेकेकी हुन् । त्यसो त उक्त चलचित्रमा कंगना रणावत मुख्य भूमिकामा छिन् । अंकिता भन्छिन्– कंगना यो चलचित्रकी अभिनेता हुन्, मचाहिँ अभिनेत्री ।

चलचित्रमा अंकिताले रानी लक्ष्मी बाइकी साथी झलकारी बाईको भूमिका निर्वाह गरेकी छिन् । ऐतिहासिक चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाएकोमा अंकिता उत्साहितसमेत छिन् ।

चलचित्रको उक्त भूमिकाका लागि आफूले तरबारबाजी तथा घोडसवारी सिकेको अंकिताको भनाइछ । टेलिभिजनमा मात्र सीमित आफ्नो अभिनय अब चलचित्रमार्फत विश्वभर फैलिने कुराले समेत अंकिताको खुशीले सिमा नाघेको छ । 

 

प्रकाशित :पुस २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्