पूर्वराजाले देश घुम्न पाउँछन

- साप्ताहिक संवाददाता

पुस २९, २०७४-

स्वतन्त्र नागरिकका रूपमा पूर्वराजाले देश घुम्न पाउँछन् । (फ्रन्टपेज : नेपालगन्जमा के गर्दैछन् पूर्वराजा ?) उनीमाथि शंका गरिनु हुँदैन । 

धीरज रौनियार

लामो समय साहित्यकार भुवन ढुंगानाका बारेमा पढ्न पाइएको थिएन (यात्रा–सन्दर्भ : अपहरणमा परेका राम) । साप्ताहिकमार्फत उहाँका बारेमा थोरै भए पनि पढ्न पाउँदा खुसी लाग्यो । त्यो समयका उनका रचनाहरू बाहिर आउनुपर्छ । 

केशव सापकोटा

नेपथ्य ब्यान्डलाई धेरै–धेरै शुभकामना (भिडियोमा नेपथ्य) । नेपथ्य ब्यान्डको भिडियो लोकप्रिय होस् । 

श्याम थापा

रामबाबु गुरुङले त्यति मेहनत गरेपछि त्यसको परिणाम पनि राम्रै आउँछ (अन्तरवार्ता : १८ पटक स्क्रिप्ट रि–राइट गर्ने निर्देशक मै हुँ ) । जसले गम्भीर भएर चलचित्र निर्माण गर्छ, ऊ लामो समय टिक्छ । 

मिलन सिग्देल

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता प्रतियोगिताहरू आयोजित भैरहनुपर्छ (सकियो हात्ती महोत्वस) साथै यस्ता कार्यक्रमहरूको बढीभन्दा बढी प्रचार–प्रसार गर्नु जरुरी छ । 

अमृत थापा

सधैं म्युजिक भिडियो नै ट्ेरन्डिङमा पर्दैनन् (युट्युबमा सर्वाधिक हेरिएका भिडियो) । कहिलेकाहीं यस्तै रोचक, रमाइला भिडियोहरू पनि ट्ेरन्डिङमा आउँछन् ।

लोकेन्द्र रानाभाट

गाउँमा लुकेका प्रतिभाहरूको खोजी हुनु राम्रो हो (खोटाङ आइडलको अडिसन) । यस्ता प्रतिभाहरूलाई अगाडी बढ्न, जीवनमा केही गर्न सहयोग मिलोस् । आयोजकले त्यतातिर पनि ध्यान पुर्‍याउनुपर्छ । 

मुकेश सापकोटा

देश जोड्ने कुरामा कसैको चासो छैन (मुक्त आकाश : कसरी जोडिन्छ देश ?) प्रदेशको राजधानी कहाँ बन्छ, आफ्ना मानिसहरूलाई कहाँ, कसरी नियुक्ति दिने भन्ने मात्र चिन्ता छ । 

तीर्थ प्रसाईं

अन्तर्राष्ट्रिय खेलाडीहरूका बारेमा केही मात्रामा जानकारी मिल्यो –फ्ल्यासब्याक–२०१७ चर्चित दस खेलाडी) । नेपाली खेलाडीहरूका बारेमा पनि यस्तै रोचक सामग्री दिनु उपयुक्त हुन्छ ।

सौगात क्षेत्री

प्रमुख पर्यटकीय सहरहरूको रौनक सधँै यस्तै हुनुपर्छ (न्यू इयर इभमा जागा लेकसाइड) सरकारले त्यो अनुसारको सुरक्षा दिन सक्नुपर्छ । उपयुक्त वातावरण मिल्यो भने पर्यटकहरूको कमी हुँदैन । 

विजय गुरुङ

अभिनयमा कविर खड्काको राम्रै लगाव रहेछ (कबिरको आगमन) । उनको समर्पणले पनि त्यो कुरा बताउँछ । 

लक्ष्मी पाण्डे

पुराना कलाकार शंकरराजसिंह सुवालको सक्रियता गजबको छ (ग्यालरी : सुवालको चित्र) । उनका चित्र पनि सुन्दर छन् । उनको यस्तो सक्रियता कायमै होस् । 

राधा केसी

बधाई गायक रामकृष्ण ढकाललाई (विन्ध्यवासिनीमा रामकृष्णको हुरी सर्वोत्कृष्ट) । लाखौं श्रोताको मनमा बस्ने यस्तै गीतमा आवाज दिनुहोला । तपाईंको लोकप्रियता कायमै रहोस् । 

आनन्द पोखरेल

गायिका रोजिना गुरुङ नायिकाजस्तै लाग्छिन् (रोजिनाको जादु) । उनले म्युजिक भिडियोमा काम गरेको पनि सुहाउँछ । चलचित्रमा उनको राम्रै सम्भावना छ । 

भूपेन्द्र विष्ट

प्रकाशित :पुस २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्