Teej banner

धीरज राई र प्रमोद खरेलसँग

- साप्ताहिक संवाददाता

पुस २९, २०७४

आज पुस २९ गते शनिबार पोखरेलीहरू गायक धीरज राईको प्रस्तुतिमा झुम्न पाउनेछन् । राईसँगै गायक प्रमोद खरेलको प्रस्तुति पोखराको नयाँ बजारमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शक उफार्न पर्याप्त हुनेछ । 

साँझ ५ बजेपछि सुरु हुने उक्त कार्यक्रममा डिजे सेसन तथा बी बोइङ डान्सले समेत दर्शकलाई रमाइलो प्रदान गर्नेछ । शनिबार दिउँसो भने लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र मञ्जु पौडेलले वातावरण तताउनेछन् । 

मेलामा हिजो शुक्रबार दिउँसो पुस्कल शर्मालगायतका कलाकारको प्रस्तुति दिएका थिए । हिजै साँझ गायक कमल खत्री, ओम गुरुङ, सन्तोष बस्याल आदिले प्रस्तुति दिइसकेका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस २७ गते प्रारम्भ भएको यो मेला माघ ८ गतेसम्म चल्नेछ ।

राजाराम पौ८ेल

प्रकाशित :पुस २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्