पोखरामा राजु लामा र ज्योति मगर

- राजाराम पौडेल

पुस २९, २०७४

आज पुस २९ गते शनिबार राजु लामाले पोखरामा आफ्नो प्रस्तुति दिँदैछन् । मंगोलियन हर्ट ब्यान्डको साथमा पोखराको अमरसिंह चौरमा आयोजित पोखरा महोत्सवमा लामाले पोखरेलीहरूलाई झुमाउनेछन् । साँझ ६ बजेपछि सुरु हुने उक्त कार्यक्रममा लामाका नयाँ–पुराना गीत सुन्न सकिनेछ । शनिबार दिउँसो भने गायिका ज्योति मगरले स्टेज तताउनेछिन् । उनलाई पोखराका स्थानीय कलाकारहरूले साथ दिनेछन् । 

पोखरामा जारी महोत्सवमा  शुक्रबार पोखरेली ब्यान्डहरूले प्रस्तुति दिएका छन्  । महोत्सवमा प्रदेशस्तरीय खुला लोकदोहोरी गीत प्रतियोगितासमेत सञ्चालन हुनेछ, जसमा चार नम्बर प्रदेशका ११ जिल्लाका लोकदोहोरी कलाकारहरूले सहभागिता जनाइरहेका छन् । 

प्रकाशित :पुस २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्